
धनसिंह विश्व
गेजिंग, पश्चिम सिक्किम
बिहान नानीहरुको निकै हो-हल्ला मचियो। गल्लीमा स-साना नानीहरु होलीको रंग छेपाछेप गर्दै चलीरहेका छन्।
“हेप्पी होली” हातमा रंग बोकेर अनिकेत (छोराको साथी) हाम्रो घरको दैलामा उभियो।
मैले भने “आज चन्द्रग्रहण, सुतक लागेको छ, भोलि खेल्नुपर्छ”।
“होइन काका! आयुष उठेको छैन? आयुष! ए! आयुष”। अनिकेतले दैलोमा करायो।
“के भनिस्? हस् म आउदैछु, पख। हतार आयुष उठेर हापेण्ट र कमेज लगाउँदै हिँड्न खोज्यो।
“खबरदार खेल्न गैहेर्लास्। खुरुक्क हातमुख धोएर पढ्न बस”। आयुषकी आमा सुरेखाले सतर्कता गराइन्।”केटाकेटी हो साथीहरूसित खेलोस् हैन्?” सुरेखालाई अनुमति मागिदिदै भने।
“कस्तो कुरा गर्नु हुन्छ ? यी छिमेकीका केटाकेटी कुनै राम्रा छैनन्। भयो परेन बरु घरमै खेलोस्”।
मैले भने “तिमीले कस्तो कुरा गरेको सुरेखा ? छिमेकीका नानीहरु नराम्रा हाम्रो मात्रै राम्रो?”
“तपाईँलाई के थाहा छ ? कस्तो कस्तो काण्डहरु गरेका छन् ?” छिमेकीका नानीहरुको दोष देखाउँदै थुप्रै आरोप लगाइन्। मैले सम्झाउँदै भने “त्यसो होइन, यो होलीको अर्थ- हामी बिच भएको नकरात्मक बिचारहरु जलाएर यो होलीको रंग जस्तै हामी छिमेकी छिमेकी बिच एकता सम्प्रदाय सद्भावना मिश्रृत गर्नुपर्छ।





