लालबहादुर भुजेल
असार महिना भागेछ
बुढाे साउन लागेछ,
साउने सक्रान्ति चाड हाे
परम्परालाई आड हाे ।
साउने सक्रान्ति, बाँचियाे भनेर
माघे सक्रान्ति, मरियाे भनेर,
मान्नु भन्थे पाकाले
हाम्रा आफ्नै काकाले ।
बिहान सवेरै उठिन्थ्याे
घाँसपात गर्न जुटिन्थ्याे,
बिहानैदेखि तात्तिन्थ्याैँ
सर्दाम जुटाउँन आत्तिन्थ्याैँ !
बेलाउती, सुन्तला, कमला
फलफूल लगायत अमला,
जाेल्टे चाहिन्थ्याे मकै नि
डुल्थ्याैँ खाेज्न भाेकै नि !
पतेनिमा गएर
पातिका सिठा ल्याएर,
लुताे फाल्ने तयारी
खुशीले गदगद आभारी !
पारि वन नै राेजिन्थ्याे
कुकुरडाइँनाे खाेजिन्थ्याे,
मकरकाँजी, लुतेझार
थाकेर पर्थ्याैँ लम्पसार !
हुनी – नहुनी सबैले
मान्छन् याे चाड मजैले,
संस्कृतिप्रेमी नेपाली
मधेशी हाेस् वा हिमाली !
आँगनिमा आगाे बालेर
अगुल्टाे टाढा फालेर,
लुताे – पिलाे लैजाउ है
च्वाट्टै सञ्चाे भै जाउ है !
बालापनकाे साथीसङ्गी
थियाे बेला स्वर्ग,
बुझ्दै आइयाे ऐले हेर !
मलाई लाग्छ गर्व ।
घरकै तिउरे लगाइन्थ्याे
मेहन्दीकाे रहर,
पारीबाट महङ्गाे मेहन्दी
परजीबी जहर !
लुताे – पिलाे पर भागाेस्
नयाँ खुशी छाओस्,
हरियाली बनाेस् जीवन
सुख – शान्तिि आओस् !
ईशान सुवेदी कक्षा ११, बूढानीलकण्ठ स्कुल, काठमाडौँ "नाटक मानवीय अस्तित्वको साङ्केतिक चित्रण गर्ने माध्यम हो…
गणेश आत्रेय मदनपोखरा,पाल्पा भोटेकोशी किन कुपित भइस् गर्जिइस् उम्लिएर। बस्ती गाडी पुल सडक सबै ध्वस्त…
घनश्याम रेग्मी अन्यायको चिर्न चरक्क छाती श्रीकृष्ण आऊ बलराम साथी कर्तव्य शिक्षा मुरली स्वरेक दीक्षा…
सुमन कडरिया चितवन हरेक वर्षझैँ यस वर्ष पनि विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण…
धनराज सिलवाल खाने लाउने पढ्ने सबै हाम्रो अधिकार हो। शान्तिसँग बाँच्न पाउनु हाम्रो अधिकार हो।…