संस्कृति

Photo/Hemanta Shrestha


तुलसी पण्डित

यस बेला पनि आउनु भएन एघार बज्न लागि सक्यो ।
“आमा केको गन्थन हो यो ? कोही पनि देख्दिन फेरि साथमा ?”
“को हुनु पर्यो साथमा आफ्नो आत्मा बोलिहाल्छ नि ?”
“खै त ज्वाइँ छोरी ? म त कतै देख्दिन उहाँलाई ।”
“आमा राजनीतिमा लागेकाहरूलाई कहिले विदा हुने रहेनछ । हिजो बैठक बस्न पर्यो भनेर बोलाएका अझ सम्म आउनु भएन ।””ल बर्बाद भो ज्वाइँ सँगै धागो बाँध्ने भनेर बसे । वल्ला घर पल्ला घरका ज्वाइहरुले धागो बाँधेर खाना खाइ सके ।”
“आमा म आएछु हजुरलाई धागो बाँध्न ?”
“ल ल अब हात खाली राख्नु भन्दा तँ सँग नै धागो बाँध्नु पर्यो । बरू धागो बाँध्ने बेलामा आँखा चिम्लनु पर्ला ।”
“आँखा चिम्लनु पर्दैन आमा ।”
“के भनेकी तैले ज्वाइलाई सम्झनु परेन । खै निकाल धागो।
“हात दिनु त आमा ।”
अनि के हो यो ?”
“यो राखी हो आमा । यो बजारबाट किनेर ल्याएकी ।”
“यस्तो त बाँध्धिन म ।”
“किन आमा ?”
“यो पवित्र धागो होइन । पवित्र धागो बनाउन ऋचा उच्चारण गरेर मन्त्रको साथसाथै पानीको सहस्र धारा जनैमा अर्पण गर्नु पर्छ । धेरै जनाले मन्त्र उच्चारण गरेर पानीको सहस्र धारा दिएपछि बल्ल त्यो धागो बाँध्न लायक हुन्छ ।”
“यो पनि पवित्र हुन्छ आमा । आजकल सबैले यही प्रयोग गर्छन् ?”
“ओहो के सुन्नु परेको हो यो , ऋचा मन्त्रको प्रयोग न भएको चिज प्रयोग गरेर संस्कृति र परम्परा माथि आघात पार्न त भएन नि ।”