जेन जी पुस्ता ……!


मणिराज भट्टराई

“सन् 1997 देखि 2012 भित्र जन्म भएका मानिसहरू।
यिनीहरू डिजिटल मूल निवासी ,प्रविधि मैत्री ,सूचना प्राप्तिमा कम धैर्यता , सङ्गठित संस्था प्रति कम विश्वास ,सामाजिक सञ्जाल प्रति निर्भरता आदि यिनको विशेषता मानिन्छ।
समस्याहरू हुँदै नभएका होइनन् समाजमा । राज्यले सम्बोधन गर्नै नचाहेको पनि होईन । तर यहाँ केही पनि छैन सक्कियो भनेर बाह्र कक्षाको नतिजा छट्पटिदै कुर्ने त्यो जनशक्ति । बाबुआमालाई ऋणको भारी बोकाएर निजी जिन्दगी सुधार्न ध्यान केन्द्रित गर्ने त्यो जनशक्ति ,पारिवारिक जिम्मेवारी सामाजिक दायित्व बाट पर सामाजिक सञ्जालमा घोत्लिई रहन रहर गर्ने पुस्ताको रूपमा दिनदिनै उठ्तै गएको आरोप पनि यदाकदा यिनमा लाग्दै आएको छ।
नयाँ नयाँ प्रविधि उपयोग गर्दै ज्ञान बढाउनु राम्रो कुरा हो । सुबिधा सम्पन्न ठाँउमा बसेर, सम्पन्न परिवारको काँधमा चढेर मच्चिन मज्जै आउला तर दूरदराजमा रहेका यही उमेर समुहका मान्छेहरुको जीवन स्तर, यिनले ले उपभोग गरे जस्तो होईन जिरोमा छ।तिनको बारेमा कस्ले शोचिदिने ..? मेरो अनुमान गलत पनि हुनसक्ला प्रायशः यिनीहरूले उपयोग गर्न पाएको अत्याधुनिक सुबिधाको आपूर्ति सोझो कमाई बाट हुन सक्तैन । एक पटक प्रीय अभिभावाकलाई सोधुन् । सफाई अभियान आफ्नै घर बाट गर्ने आँट राख्न सक्नुपर्छ । मान्छेलाई सम्पन्न हुन रहर लाग्छ यो उसको नैसर्गिक अधिकार पनि हो तर यो समाजले सम्पन्न र बिपन्नलाई हेर्ने दृष्टिकोण बद्लिनु पर्छ । सँगै र उस्तै काम गर्नेको जीवन स्तर र आफ्नो जीवन स्तर दाँजेर लज्जित हुन पर्ने अवस्थामा किन समाजले लखेटी लखेटी पुर्याउँछ ..? यसतर्फ सचेत हुने की नहुने ..?भोलिको समाज त तिम्रै हो।
अर्काले छोडेको घोडाको जग्गर समातेर हिं हिं गर्दै एडी मार्नु भन्दा आफ्नो आँखाको गेडी खोल्नु उपयुक्त हुन्छ ।हो सचेत रहनु आवश्यक छ तर सचेतनाका नाममा अचेत भएर उफ्रनुको उफार्नुको कुनै अर्थ छैन । भ्रस्टाचार, विकृति विसङ्गति बिरुद्ध को कुनै आन्दोलन स्वागत योग्य छ तर यसो गर्दागर्दै राष्ट्रियता स्वतन्त्रता मानवअधिकार प्रजातान्त्रिक हक अधिकार प्रति अतिक्रमण हुनु हुँदैन।
उनलाई यहाँ सम्म ल्याई पुर्याउने एक्स वा वाई पुस्ताको भूमिका बिर्सनु हुँदैन। हुनत समय हो परिवर्तन भै रहन्छ । भावी पुस्ता अल्फा/बेटा लाई यो धर्तीमा यो समाजमा अड्याई राख्न हालका यी पुस्ताको पनि उत्तिकै दायित्व रहन्छ। भोलि आफ्नै बारेमा ती पुस्ताले के भन्लान् भन्ने कुराको हेक्का नराखी त्यसै सडकमा होक्काँ गर्नु हुँदैन । र यसलाई उक्साएर आनन्द मान्ने समुहले पनि भोली जवाफ दिनु पर्ने हुन्छ । आजको आज कसैको छ भने भोलिको भोलि मेरो पनि हुन्छ भन्ने कुराको ख्याल राख्नै पर्ने हुन्छ।