
तुलसी पण्डित
आहा ! आहा ! यस्तो पो हो साहित्य किताब।
साथीबाट पाएको त्यो किताब पढ्दा त्यसले उसलाई गहिरो प्रभाव पार्यो । ऊ रन्थनियो । उसले सोच्यो ।”हाम्रो जीवन अनमोल रहेछ । जीवन माथि हामी किन खेलबाड गरि रहेछौ ?”
ऊ एकोहोरो भएको देखेर नृप जिल्ल पर्यो।
“होइन के भो तिमीलाई ?”
“कसरी ?”
“त्यो पढेर मैले रक्सी चुरोट र अरू नसालु चिजहरू सबै त्यागे । अब म शरीरलाई असर गर्ने यस्ता चिज खादिन। हाम्रो शरीरलाई ध्वँस्त बनाउने त हामी आफै पो रहेछौँ ।”
“हो तिम्रो कुरा सुन्दा मलाई ज्यादै खुशी लाग्यो । साहित्य यस्तो हुनुपर्छ जसले जीवनलाई सार्थक जीवन ल्याउन घच्घच्याओस्।
“साथी मलाई त्यो साहित्यकारलाई भेट्न मन छ । म आजै गएर यो खुशी उनलाई सुनाउछु ।” साथीले भन्यो।
“म चिन्छु उसलाई । तिमीलाई भेट्न मन भए म लैजाउँला नि त ?”
दुबै सँगै गए । साहित्यकार घर नजिकै चउरमा लडी रहेका रहेछन्।
साथीले इशारा गर्दै भने। “त्यो चउरमा लड्ने नै हुन् ती भेट्न खोजेको साहित्यकार ?”
“ऊ अचम्म मान्दै साहित्यकारलाई बोलाउन नजिकै गयो तर उनको मुखबाट आएको गन्धले खुशी मनलाई तड्पायो।” उसले गम्भीर हुँदै सोच्यो।
“साहित्य कसको लागि ।”





