माघ १३ गतेसम्म सञ्चालन हुने नेपाल बालसाहित्य समाज, ललितपुर महानगरपालिका, पाटन सङ्ग्रहालयको आयोजना र विभिन्न संस्थाको सहआयोजनामा पाटन सङ्ग्रहालय परिसरमा महोत्सव सुरु भएको हो।
माघ १३ गतेसम्म सञ्चालन हुने नेपाल बालसाहित्य समाज, ललितपुर महानगरपालिका, पाटन सङ्ग्रहालयको आयोजना र विभिन्न संस्थाको सहआयोजनामा पाटन सङ्ग्रहालय परिसरमा महोत्सव सुरु भएको हो।
महोत्वसको बाल गायिका कल्पना विष्टले उद्घाटन गरिन् । सोही अवसरमा वार्षिक कार्यक्रम अन्तर्गत नेपाल बालसाहित्य समाजका विभिन्न दाताहरूले स्थापना गरेका पुरस्कार विभिन्न बाल साहित्यकारहरूलाई वितरण पनि गरिएको छ । ध्रुवसुशीला बाल अनुसन्धान पुरस्कार प्रमोद प्रधानलाई, चूडाचरण बालजीवनी पुरस्कार भिक्टर प्रधानलाई, तेजप्रतिभा बालनियात्रा पुरस्कारघनश्याम राजकर्णिकारलाई र मुकेशजनक विज्ञान बालसाहित्य पुरस्कार सिर्जना शर्मालाई प्रदान गरियो ।’सामाजिक सञ्जाल र बालबालिका’ विषयक सामूहकि संवाद सत्रमा आइतबार वक्ताहरुमा वरिष्ठ मनोविद् गंगा पाठक, क्लिनिकल हेल्थ नर्स सुशीला श्रेष्ठ र लेखक तथा पत्रकार दामोदर न्यौपानेसँग पत्रकार क्रान्ति पाण्डेले बहस गरेका थिए । उक्त बहस सत्रमा बालबालिकामा बढ्दो सामाजिक सञ्जाल र मोबाइल प्रविधि कम गर्न अभिभावकीय भूमिका नै प्रमुख रहने निष्कर्षसहित कार्यक्रमलाई समापन गरिएको थियो ।
त्यस्तै, कार्यपत्र प्रस्तुतिमा वरिष्ठ वनस्पतिविद् तथा विज्ञान लेखक तीर्थबहादुर श्रेष्ठले ‘बालासाहित्यमा विज्ञान’ विषयमा तयार पारेको कार्यपत्र प्रस्तुत गरेका थिए भने उक्त कार्यपत्रमाथि मुकेशकुमार चालिसेले टिप्पणी गरेका थिए । उक्त कार्यक्रममा वरिष्ठ बालसाहित्य इतिहासकार प्रमोद प्रधानले सभापति रहेका थिए । कार्यक्रममा नेपालमा जति हुनुपर्ने हो त्यही गतिमा विज्ञानलाई समेटेर बालसाहित्यमा कामहरु नभएको कुरा प्रकाशमा ल्याइएको थियो।
समाजका अध्यक्ष विजयराज आचार्यका अनुसार महोत्सवमा बालसाहित्यसम्बन्धी राष्ट्रिय र अन्तरराष्ट्रिय विज्ञहरूबाट कार्यपत्र प्रस्तुति, बालसाहित्य र बालसरोकारसम्बन्धी विभिन्न विषयमा छलफल, बालसाहित्यसम्बन्धी पुस्तकको विमोचन र प्रदर्शनीलगायत गतिविधि हुनेछन्।
काठमाडौं उपत्यकाका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक र साहित्यकार–कलाकारको सहभागिता हुने महोत्वसमा रचना प्रस्तुति र बङ्गलादेशका वरिष्ठ साहित्यकार प्रा. डा. मिजानुर रहमान कल्लोलले समेत कार्यपत्र प्रस्तुत गर्ने महोत्वसकी संयोजक यशोदा अधिकारीले जानकारी दिइन्।





