
सुरेशकुमार पाण्डे
दाङ घोराही १८
“हेमा यहाँ आउ त नानी।”-लताले आफ्नी छोरीलाई बोलाइन्। ” किन आमा म होमवर्क गर्दै छु। एकछिन पछि आउँछु है।-हेमाले आमालाई भनी। एकछिन उसको बाटो कुरेर बसिन् ऊ आइन लता आफैँ उसको रूममा पुगिन्। ऊ मोबाइलमा च्याट गर्दै थिई कसैसँग। ” यही हो तैँले गृहकार्य गरेको ?”- लत्ताले प्रश्न गरिन्। “मम्मी हजुरलाई थाहाछैन ? अचेल मोबाइल हेरेर लेख्ने काम हुन्छ त्यही खोज्दै थिएँ।” हेमाले भनी । उसको सफाइले उनी सन्तुष्ट भइनन् र भनिन्। “छोरी तैँले कसैसँग मेसेञ्जरमा कुरा गरिरहेको देखिन मैले ?”-लताले अलिक चर्को बलीमा प्रतिप्रश्न गरिन। ओहो! मामा हजुर पनि भन्दै त छु नि होमव़र्क गर्न मैबाइलमा खोंज्दै थिएँ, नभेटाएपछि साथीलाई सोधेको हो।”-उसले सफाइ दिँदै भनी। “यो मोबाइलमा हेर त ग्यासवाला भाइको नम्वर होला भान्सामा ग्यास सिद्दीएको छ।”- लत्ताले प्रसङ्ग बदल्दै मोबाइल हेमाको हातमा थमाइन्। “आमा खाना पाक्यो ?”- उसले नम्वर खोज्दै भनी। ” तँ कस्ति केटी होस् ? भन्दै छु खाना पकाउने ग्यास सिद्दीयो भनेर। तँलाई कतिबेरबाट बोलाएँ मैले नम्वर नभेटाएर ! अहिले भन्छेस् खाना पाक्यो?”- लता अँध्यारो अनुहार लगाउँदै भनिन्, “लिनु फोन “-हेमाले लतालाई फोन थमाउँदै भनी। “फोन नम्वर खोज भनेर दिएको तँलाई।” “हेलो म ग्यसवाला हो !”-उताबाट ग्यसवाला बोलिरहेको थियो।





