“मेरो सानो”


धनराज सिलवाल
चितवन

मेरो सानो आँखा छ
मेरो सानो हात छ
तोते बोली भए पनि
पढ्न मन लाग्दछ।

क ख ग घ A B C D
भन्दै गर्दै लेख्दै पढ्छौँ
ठूलो मान्छे बन्न भनी
कडासँग हामी पढ्छौँ।

देश बनाउने आट बोकी
हामी अघि बढ्छौॅ
देशको लागि परिआए
ज्यानै अर्पि दिन्छौॅ।

बालकै छौँ तर आज
ठूलो बन्छौँ भोलि
साकार पार्ने हामी नै हौँ
सपनालाई भोलि।

मेरो सानो ………………….

दिनुस् शिक्षा हामीलाई
अन्धकार हर्नलाई
अन्धकारकै यो भूमीमा
दीव्यज्योती बाल्नलाई।

पछि हट्ने छैनौँ हामी
अघिअघि बढ्छौँ
सधैँभरि ज्ञानमार्गमा
कलम कापी बौक्छौँ।