
शशी अर्याल
टीकासँग जमरा
सजाएर शीरमा
हाँसीखुसी देखिए
काेही छैनन् पिरमा।
अँध्यारो त्याे काेठामा
मन्दिर र चाेटामा
पूजापाठ गरेर
राख्ने बीउ छरेर।
मकै र जाै अनेक
थरीथरी गनेत
उम्रिनेछन् सर्लक्क
मिलाउन जाने त।
नाै दिनकाे स्याहार
दशाैं दिन आएर
कति राम्राे भएकाे
शीरमाथि लाएर।
देवीकाे हाे प्रसाद
सुख शान्ति ल्याउने
दुःख पीडा भुलेर
सबैजना रमाउने।





