
आशिष चाैधरी “अजनबी”
बर्दिया
हेमन्त ऋतु सँगै चिसाे आयाे,
हेर साँझ बिहान जाडाे छायाे।
भन्नुहुन्छ आमा न्यानाे नाना लगाउ,
खैँ स्विटर टाेपी माेजा चिसाे भगाउ।
आऊ साथी मिली आगाे तापाैँ गाेलाे बसेर,
बाहिर हुस्सु छ बसाैँ घर भित्र पसेर।
साँझ र बिहान बढ्न थाल्यो चिसाे,
बल्लबल्ल घाम लाग्छ हेर दिउँसाे।
साथिभाइ सँगै मिली स्कुल पढ्न जाऔँ
स्कुलमै सबै जना पढ्दै खेल्दै रमाऔँ।
सबै मिलीजुली कति राम्राे स्कुल जाने बानी,
हामी पढीलेखी सबैजना बन्नुपर्छ ज्ञानी।





