
खगेन्द्र बस्याल
तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही
“छोरी रात नछिप्पिदै घर आउनु।”
“तपाईँ अझै पुरानै जमानामा हुनुहुन्छ । खोइ त्यही कुरा दाइलाई भन्न सक्नु भएको ।”
“ऊ त छोरा मान्छे हो नि। अनि तिम्रो पहिरनले पनि कसैको तिमी उपर गिद्दे दृष्टि पर्न सक्छ , बेलैमा सतर्क होउ।”
“यो स्वतन्त्रताको समय हो । यौवन फेरि फर्केर आउँदैन । अहिले नै त हो मन लागेको खाने। इच्छा अनुसार पोषाक लाउने । चाहेको ठाउँमा जाने। पछि कस्तो घरमा परिन्छ। कसलाई पो थाहा हुन्छ र!”
“यी सवै तिम्रै हितका लागि भनेको हुँ। चरित्रमा दाग लागे मेटाउन सकिदैन । मेरो आँखा छलेर राम्रैसंग स्वतन्त्रताको उपयोग गरेकी छु भन्ने सोच नराख ।”” ढुक्क हुनुस् बुवा। म अरुको जस्तो छोरी होइन । यो बेला मेरो रहरमा तगारो नबन्नुस्। कम्तिमा छोरा र छोरी बीच समानताको नजरले हेर्नुस् ।”
“अन्तिममा एउटामात्र कुरा सुनाउँछु। सुन्ने धेर्यता राख है।”
” तपाईँको कुरा पचाउन त गाह्राे छ। तैपनि भन्नुस् ।”
” जो जसले जीवनको सही बाटो बिराएको कारण समाजमा मुख छोपेर हिडिरहेका छन् ,उनीहरूले पनि आफ्नो बाबुलाई यही कुरा भन्ने गरेका थिएनन् त !””





