बुद्धको सन्देश

आज चण्डी पूर्णिमा, बुद्ध जयन्ती । उधौली पर्व ,सबै एकै दिन परेकोछ । बुद्धले अपनाएको शान्तिको बाटो अपनाउँ, सत्यको बाटो अपनाउँ ,शान्तिका अग्रदुत गौतम बुद्ध जयन्तीको अवसरमा सबैलाई शुभकामना ।
आजको दिन बुद्धसम्बन्धी एउटा भनाई, पढ्दा भेटिएको यहाँ राख्न उचित लाग्यो । एकजना मानिसले बुद्धलाई सोधेछ —जहर ( बीष ) केहो ? बुद्धले पनि सजिलै उत्तर दिनुभएछ , जिन्दगीमा चाहिने भन्दा धेरै जेपनि छ त्यो जहर हो ,चाहे त्यो सत्ताहोस् ,धन होस् वा,लोभ , भोक ,अभिमान ,घमण्ड ,घृणा,प्रेम, आलस्य,महत्वकांक्षा किन नहोस् । यि सबै कुरा चाहिनेभन्दा बढी भयो भने त्यो जहर हुन्छ । भवतु सव मंगलम ।