
बिष्णु उप्रेती
बिर्तामोड ४ झापा
“ए बुढा, तिर्खाले मर्नलागेँ, याे उकालो हिठ्न नसक्ने भैसकेँ म । कतै पानीको ब्यबस्था गर्नु न।”
“अब दुई मिनेट धैर्य गर। याे बाटोमा पानी छैन। गाउँमा पुगेर खाउँला।” मैले भने।
केहिबेर उकालो चडेपछि गाउँ आयाे। एउटा घरकाे आँगनकाे छेउमा उभिएर मैले भने — काे हुनुहुन्छ घरमा? हामी बटुवा तिर्खाले मर्न लाग्यौँ पानी पिउँन दिनुहोस् न।”
दुईजना बुढाबुढी , बाहिर निस्के र हामीलाई हेर्दै मुखामुख गर्ने थाले। पानी दिने त सुरै गरेनन् । मैले फेरि पानीका लागि अनुराेध गरेँ।
“पानी त दिनु हुने थियोे ! तर हामी पानीनै नचल्ने जातले दिएकाे पानी कसरी पिउनु हुन्छ र हजुर ! हेर्दा बाहुन जस्तो देखिनुहुन्छ।” घरबेटी महिलाले भनिन्।
“अनि त्यो ” चिटिक्क पारेर सिंगारिएकाे। रंगिचंगी फूल,फल,मिठाइ चडाइएकाे। वरिपरि सिमाली र उखु गाडेर सयपत्री फुलकाे मालाले झपक्कै बेरिएकाे तुलसीकाे मठलाई देखाउँदै मैले भनेँ।
ए…. त्याे , ल,। हिजो हामीले पनि तुलसी र सालिग्रामकाे बिवाह गर्यौँ,। ब्रत बसी पूजा गर्यौँ। हाम्राे आँगनमा तुलसीकाे मठ देखेर छक्क पर्नु भयाे हाेला। तिमीहरू बाहुन भनाउदाकाे नजरमा पाे पानी भेद हुन्छ त तर भगवानको नजरमा तेस्ताे घृणित भेदभाव हुँदैन । भगवान सबैका साझा हुन। जे दिन्छन् ,सबैलाई समान दिन्छन् । उनले सबै मानिसहरुका लागि बरदानकाे रुपमा दिएकाे , माहा औषधी, अक्सिजनकाे भण्डार , जीवन रक्षक, याे तुलसी , सबैको साझा सम्पत्ति हाे। कुनै जाती बिशेषकाे पेवा कदापि हाेईन। ” घरबेटीले भने।





