सानी


सोम कुमार सुब्बा
लिङ्दोक,पूर्व सिक्किम

बाहिरी स्कुल बसको हर्न बज्यो। रेशमा सात वर्षीय छोरीलाई दगुराउँदै बाहिरिन् , जाँदा जाँदै कराइन् – “छोरा ! बाको ख्याल गर है, म बहिनीलाई स्कुल छोड्दै अफिस गँए।”
कहिँबाट प्रतिक्रिया आएन , उनी बसमा चढेर गइन्।
बाले यो दृश्य ओछ्यानबाट हेरिरहेका थिए। उनी केही दिनदेखि बिमार थिए, औषधि-उपचार घरमै चलिरहेको थियो।केहिबेरमा उनी तिर्खाए। उनले छोरालाई बोलाए। पल्लो कोठामा भएको छोराले सुनेन , उसले कानमा इयरफोन घुँसारेको थियो।
उनले उठ्ने कोशिस गरे,कमजोर शरीरले साथ दिएन। उनले टेबुलमाथि राखेको पानीको बोतल हेर्दै थुकले घाँटी भिजाए, मनैमन सोचे – “अहिले छोरो आएपछि मागौँला।”
छोराको प्रतिक्षामा उनी भुसुक्क निदाए।
“बा,बा!” चर्को आवाजले उनी ब्यूँझे। छोरीले झकझकाउँदै थिइन्। उनले निधारको पसिना पुछिदिँदै सोधिन् -“बा! पानी पिउनुहुन्छ ?”
उनले औठ थरथराउँदै भने – “नानी! तिमी सधैँ सानी रहनु ल।”
“अन्त, अस्ति दशैँमा त ठूलो हुनु भन्दै टीका लगाइदिनु भो त बा! छोरीले पानीको प्याला थमाइदिँदै आश्चर्य मानिन्।
उनले छोरीलाई नजिक तान्दै भने – “ठूली भएपछि त दाइ जस्तै छेउ पर्दैिनउ होलिउ नि !