“जाडो भयो असाध्यै”

रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ

जाडो भयो असाध्यै
मुटु कमायो
स्विटर लाउन पाएर
भाइ रमायो

किताब-कापी फिँजायो
कलम समायो
कम्मल ओढ्न पाए
भाइ रमायो

अगेनाकै छेउमा
आसन जमायो
आगो ताप्न पाएर
भाइ रमायो

कुइरो-हुस्सु फाटेर
बल्ल घमायो
घाम देख्न पाएर
भाइ रमायो ।