छायादत्त न्यौपाने
छुनुमुनु छुनुमुनु यताउता डुल्ने
बाआमाले जे जे गर्छन् त्यही गर्छु भन्ने
आगाे खेल्दा चुत्त हुन्छ पानी आच्छु आच्छु
खेल्न डुल्न रमाइलो गीत सुनी नाच्छु।
आगाे पानी चलाउन रहर कति लाकाे
कलमले कापीभरि रेखा काेर्ने भाकाे
म त खेल्छु रमाएर कचकच नगरौं
बालककाे स्याहारमा अल्छी नबनौँ।
हेरचाहकाे खाँचो धेरै बालकमै हुन्छ
बाआमाकाे खिचातानी मलाई कष्ट दिन्छ
बिर्सिदिन्छु पिर मैले बिर्सनुमै हित छ
बाआमाले माया दिए मेरै मन रम्छ !
बाआमाले माया दिए मेरै मन रम्छ!