पं ज्यो. तोयनाथ सुवेदी (ओखल्ढुङ्गा )
हाल: हेटौंडा -८ ,कमाने ,मकवानपुर।
‘आमा! यसपाली मावल नजाने है!’ छोराले भन्यो।
‘ किन र बाबू?’ आमाले सोधिन् ।
‘अहिले त देशमा गणतन्त्र आएको छ; यसमा केही धर्म गर्नु पर्दैन रे!यसैले गर्दिन्छ रे त।’ होइन, कहिँ नभाको जात्रा हाँडी गाउँमा भन्थे,त्यस्तै पो भयो त,’आमाले भनिन् ।
हाम्रा चाडपर्वहरू अनि धर्मसंस्कृति र परम्परामाथि दिनानुदिन आक्रमण भएको कुरा धर्मभक्तहरूले गुनासो व्यक्त गरे।
घरघरमा युवायुवती र बूढापाकाहरू छैनन्। वनजङ्गलहरू मासिइसके वनमा पाइने कुरिलो,भलायो, काग भलायो ,कुकुर
डाइनो,धसिँगरे, पानीसरो,तिहिरे वा तिउरी लगायत सम्पूर्ण सामग्रीहरू उपलब्ध भएनन् । हरिया मकैको न्वाँगी खान पाइएन,जग्गा बाँजै बसे।
‘आमा! यस्तो अवस्थामा हिमाल, पहाड र तराईका मावलमा कसरी संक्रान्ति मान्नू?’ ‘नबुझिने नै भए पनि बूढापाका नहुँदा मन्त्र भट्याउने कोही भएनन्।’ ‘खाली ढिकी र रित्तो जाँतो घुमाउनै पाइएन।’ घरघरमा बलेका अगुल्टाहरू दोष/लुतो जा भनेर फ्याकिएनन्।’ ‘खाली नाङ्लो र भाँडाकुँडाहरू ठटाउने केटाकेटीहरू छैनन् । संक्रान्ति भट्याउने गुरुबाहरू पनि नआउने रे!’
‘आमा!संस्कार र संस्कृति बचाई ,बिघ्न विनास गर्न र सहानुभूति आदान प्रदान गर्न यस्तो अन्यौल वेथितिका विच यस पालिको संक्रान्ति मावलमा होइन ; घरमै मनाऔं है…………!!!’