Categories: कविता

“कृषकको आँखामा फागुन”

घनश्याम रेग्मी

तोरी छिनेर कतिले खलिहान हाले
जोतेर गोरु फरफर्र जमीन पारे
केराउले नव झिके कलिला मुना ती
कोसा र फूल भरिए नव बोटमाथि ।

लै लै गरी पवनका गतिमा भुलेका
हावा चलेर गँहु फर्र भई रहेका
बाला निकाल्छ गँहुले मुखसम्म टम्म
कस्तो कला प्रकृतिको छ अहा ! अचम्म ।

ठन्डा बिहान पखमा दिनमा छ ताप
बाँकी अझै शिशिरको खल दुःख चाप
मागी वसन्त ऋतु साथ गरी उधारो
खर्चन्छ फागुन बतास गरेर फारो ।

कोसा फलेर कुटिली छ तयार हेर
बेथे फुली चमकदार भएछ फेर
पोटी बढे लसुनका छ सपाट गाला
माला लगाउन तयार भएछ चाला ।

छन् आलु प्याज वयमा लयदार हाँसो
पानी सिचाइ नपुगे बहुतै गुनासो
गोष्ठी हुदैछ कविको रस रङ्ग भाँत
लोभ्याउने किसिमको छ मिठास खास ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“बाह्र महिना”

रञ्जुश्री पराजुली बर्षका बाह्र महिना फरक रुपका हुन्छन् कहिले औधी गर्मी कहिले तीखो जाडो। बैसाख…

6 hours ago

“पढ नानी”

अम्बिका शर्मा माइली पढ नानी पढेर ठूलो हुनुछ, कखगघ सिकेर ज्ञानी बन्नुछ। तोते तोते बोलिले…

7 hours ago

घोडेजात्रा

  घोडेजात्रा पर्वका अवसरमा नेपाली सेनाले बुधवार काठमाण्डूको टुँडिखेलस्थित सैनिक मञ्चमा एक विशेष समारोह आयोजना…

7 hours ago

“वसन्त”

देव भट्टराई रनवन हरियाली लाग्छ आयो वसन्त । विपुल विमल छायो फूल फुल्दा अनन्त ।।…

1 day ago

गीत

दुर्गा घिमिरे विद्यालयमा हरेक शुक्रबार विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन हुने गर्थे। त्यो हप्ताको कार्यक्रम गीत…

1 day ago

“न्याय”

लक्ष्मी रेग्मी खनाल वालिङ् स्याङ्जा आमा म टिउसन सकेर फर्किएकी थिएँ। त्यहि बेला मेरा कक्षाका…

1 day ago