” झुटकाे खेती”

पुण्य घिमिर
ब‌ैत्यश्वर -६, दाेलखा

” एउटा जङ्गल थियाे । त्यहाँ धेरै ज नावरहरू बस्थे । बाघ चितुवा व्वाँसा स्याल गिद्ध फ्याउरा र अनकाैं चराचुरूङ्गीहरू विभिन्न जङ्गलबाट आएर बसाेबास गर्थे । तिनीहरू त्याे आफ्नै जङ्गललाई ताेडफाेड भागबण्डा गर्थे ।फूलहरू फुल्न दिदैनथे । फल फल्न दिदैनथे । सबै साना जनावरहरू थिचाेमिचाेमा थिए । सानादेखि ठुलासम्म सबै कुनै नियम अनुशासनमा बस्दैनथे । जङ्गल अराजक थियाे । जसले सक्याे उसैले माेज मस्ती गर्थे । सिह बाघलाई, वाध चितुवालाई, गिद्ध चराहरूलाई, स्याल फ्याउरा मसिना जीवजन्तुलाई सकेसकेकाे दपेट्थे मारेर खान्थे । अलिअली फलफूल फले पनि तँसक मसक गरेर साेहाेर्थ जङ्गलमा पूरै बेथिति थियाे । अनिकाल काेलाहल हाहाकार बढिरहेकाे थियाे । जङ्गलकाे याे दुर्दशा देखेर पूर्व पश्चिम उत्तर दक्षिणका सिंहहरूले आफूले गरेकाे सिकारकाे केही भाग विलाे सिनाे त्यस जङ्गलमा चारैतिर बाट फालिदिन्थे । तिमीहरू मिलेर खाऊ । आफ्नाे जङ्गलकाे विनास नगर, धुजाधुजा नपार, नियममा बस। बाघ सिंह शक्ति छ भनेर अरूलाई अत्याचार नगर, नियमकाे जङ्गल बनाऊ भनृर बार बार चिठीपत्र पठाउँथे ।ती छिमेकी सिंहले दिएकाे बिलाे पाउँदा हस् हस् भनेर बाेल कबाेल गर्थे । बिलाे हात परेपछि फेरि उस्तै लुछाचुँडी हानान काटाकाट झैझगडा हुन्थ्याे ।सक्नेहरूले पुस्ता पुस्तालाई कुम्लाउँथे । नसक्नेहरू हेरेकाे हेरेई पर्थे । एकदिनकाे कुरा हाे चारै दिशाका छिमेकी सिंहहरू हामीले दिएकाे विलाे दानले कत्तिकाे काम गरेछ, कति प्रगति भएछ भनेर हेर्न त्याे अराजक जङ्गलमा आए र त्यस अराजक जङ्गलका सबै जनावर हरूलाई सभामा बाेलाए । सबै जनावरहरू सभामा आए । सभामा आएकालाई छिमेकी सिंहले हेर्दा केही माेटाएर ढाडी भएका धेरै चाँहि खान नपाएर हाड छाला मात्र भएका देखे । सभामा एउटा छिमेकी सिंहले गर्जदै भन्याे” अझै तिमीहरू मारामार, काटाकाट झगडा गरेर वन बिनाश गर्दै छाै?, तिमीहरूका कारणले हाम्राे पूर्व पश्चिम उत्तर दक्षिणकाे जङ्गलमा पनि, राम्ररी निदाउन पाईएकाे छैन”। अर्काे छिमेकीले भन्याे “खै हामीले दिएकाे बिलाे सिनाे खाएर पनि विकास भएनछ त? उस्तै बेथिती झन् अझै बेहाल पाे भएछ त? ” तेस्राेले भन्याे” तिमीहरूकाे मति फेरिएनछ हगी, हण्डर ठक्कर खाएर पनि नचेत्ने पशुमात्र हैन महापशु पाे रहेछाै। सभामा जुरूक्क उठेर चा‌ैथाे छिमेकी सिंहले भन्याे ” अब हामी चारै दिशाकाले विलाे सिनाे फाल्ने काम पनि बन्द गर्नुपर्छ कि कसाे? यिनीहरू अराजक भएरै एक आपसमा लडेर मरून अनि याे जङ्गलकाे विलय गराैंला ।” तिमीहरूकाे झुटकाे खेती सब थाहा भयाे । सभामा जम्मा भएका अराजक जङ्गलका ढाडीहरू बाेल बाेल माछा मुखभरि पानी भए । केही ढाडीहरूले छिमेकी सिंहका पाउमा पर्दै भने हैन हजुर अब त्यसाे गर्दैनाैं, याे त हामीले ख्याल ख्यालमा खेलेकाे पाे हाे । कलह काटमार गर्दैनाे मिलेर बस्छाैँ याे जङ्गललाई हराभरा बनाउँछाैँ सिनाे नराेक्नुस् हामी कसमपत्रमा ल्याप्चे लाउँछाैं भनेर छिमेकी सिंहलाई दण्डवत गरे र सभाबाट उम्किए तर उनीहरूकाे व्यवहार फेरिएन।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

18 hours ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

19 hours ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

4 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

4 days ago