राधा आचार्य
जताततै ढाकिसक्यो थरी थरी फूलले
फुलबारी रमाइलो पुतलीको हुलले।
छिर्केमिर्के पुतलीले प्वाँख हल्लाउँदै
नाचेका छन् मज्जाले कम्मर मर्काउँदै।
पहेँलो सेतो अनि कालो खैरो रङको
हेर हेर क्या राम्रो! पुतलीको फन्को।
फूलको पत्र पुतलीको गोडा टेक्ने धर्ती
फूलको रस खोजी हिँड्छ उहीँ फर्की फर्की।
बाटुला आँखा खोली के के देखे होला?
पुतलीको हुलले स्वर्ग भेटे होला।
तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…