“असार”

afh'/f lhNNffsf] al8dflnsf gu/kfnLsfdf kflg k/] ;+u} /f]kfO{ ug{ Jo:t x'g yfn]sf :yflgo s[ifsx? . M lgd]Gb| zfxL afh'/f, /f;;

अम्बिका धिताल
कमलविनायक भक्तपुर

असारको मासमा पानी पर्छ धरामा
आमाबुबा मिलेर जानुहुन्छ गरामा।
बिउकाढ्ने आमाले पानी भर्ने बुबाले
कतिराम्रो भाकामा गीत घन्क्यो असारे।
हलोजुवा काँधमा कम्मरमा खुर्पेटो
मनभरि उमङ्ग छैन कुनै दुखेसो।
सारा पीडा लुकाइ मुस्कान छ ओठमा
कतिमिठो हाँसो छ आकाशको चोटमा।
बाउसेको काममा गराभरि पौँडिदै
हहमाले भनेर मालेसँग दौँडदौ।
छुपुछुपु खेतमा बिउ रोपी सकेर
दही च्युरा खाएर खुसीयाली बोकेर।
झ्याउकिरी कराई मिठो संगीत भरेका
सिर्जनाका लहर नाच्न अघि सरेका।
मलजल गरेर धानका बाला झुलाइ
मङ्सिरको आनन्द मनभित्र सजाइ।
जतासुकै हरियो शान्त पाखा पखेरा
हरियाली फाँटमा सुन्दर छन् कटेरा।
असारको महिना बगेका छन् पसिना
जीवनमा कहिल्यै नपरोस् है असिना। ‌