“अस्तित्व”


कमला भण्डारी ढकाल

पानी परेको छ झमझम दुईतीन दिन भो झरिलो छ समय कसैलाई मन पर्ला यो झरी कसैलाई नपर्ला छुट्टै कुरा ।
खोला बढेको छ कसैलाई खोला हेर्ने रहर होला, कसैलाई खोला छोड्ने बाध्यता ।
हैन र ललिता ? मैले छाता थोरै कोल्ट्यार ललितालाई हेर्दै भने ! हामी साझपख सधैँ जस्तो आज पनि हिड्न निस्केका छौँ
खोलाको बढ्दो बहावको छालले मेरो खुट्टालाई स्पर्श गर्यो र फरक आनन्दानुभूति छोडेर फर्कियो । “छुवाइ पनि अनेक प्रकारका हुन्छन् ” ललिताले भनी – साच्चिकै हो निल हेर्न हिउँदमा नहर जस्तै हुने यो बडीघाट खोला बर्खामा खोला छेउ बस्नेहरुलाई रुवाइ छाड्छ । मिचाहा खोला उफ्फ कति बड्न सकेको, अँ …. हो हुन त !
किन गम खाएकी निल …?
अनि सुन्न ललिता एउटा कुरा भन्छु तलाई कस्तो लाग्छ ?
भन्न त के कुरा ? उसले प्रश्न तेर्साई , हिउँदमा हामीले खोला मिच्दै गयौँ बर्खामा खोला आफ्नो बाटो खोज्दै आयो अनि कसरी हामी मिचाहा खोला भन्न सक्छौँ हँ ?
आफ्नो अस्तित्व खोज्ने अधिकार त जो कोहीलाई पनि छ हैन र ?