“आँखा”

निर्मला बराल
भक्तपुर सानो ठिमी

सातै बर्ष त भए म , पढ्छु कक्षा दुईमा
हेर्छु सधैँ रमाउँदै ,घोप्टीएर मोबाइलमा।

आमा सधैँ भन्नु हुन्छ, दुख्छ आँखा धेर
म भने फुरुङ्ग पर्छु , मोबाइल समाएर ।

लत बस्यो, खाँदा पनि , मोबाईल हेर्ने
आँखाको पावर बढ्छ है, अब कसो गर्ने!

एकदिन सम्म बाटोमा ,स्कुलमा लडेँ
देखिननि आँखा , उठ्दा, फेरि लडेँ।

हतारीदै गुरुबा आई , उठाएर मलाई
फोन गरी बोलाउनुभो स्कुलमा बालाई।

आँखा जाँच भयो मेरो, डाक्टरले भने
धेरै पावर बढेछ है ,चस्मा लाउनु भने।

दाल ,साग ,गेडागुडी,झोल,फर्सी र गाजर
खानु सधैँ नबिराई , लगाउनुपर्छ जागर।

जतन गर्नु सधैँ भरी ,संसार देख्ने ज्योतिलाई
भन्छन् सधैँ डाक्टर सन्दुक , जचाइराखौँ आँखालाई।