“आमाको माया”

ऋतु गुरुङ
कक्षा : ९
ईशानेश्वर माध्यमिक विद्यालय
मध्यनेपाल नगरपालिका-६
भोर्लेटार, लमजुङ

नौ-नौ महिना कोखमा राखी जन्म दिने माता
दुःख गरी हुर्काउनु भो गरी मेला पाता
आमा-बुबा सँगै मिली दुःख सुख साट्दै
जन्माउनुभो आमाले काम गर्दा गर्दै

जहिले पनि मलाई बोकी आमा काम गर्थिन्
मेरी छोरी भनेर सारै मक्ख पर्थिन्
एक दुई घन्टा हिँडेर नि जान्थिन् पधेँरीमा
बत्ती बाली आउँथिन् आमा जहिले अँधेरीमा

एक् दिन मेला गयो भने एक छाक खाना टर्थ्यो
दुःख सुख गरेर बच्चा पाल्न पर्थ्यो
आमाले नि भन्ने गर्थिन् मेरी छुच्ची छोरी
सुत्ने बेला जहिले पनि सुनाउँथिन् है लोरी।

श्रोतः नेपाली बालसाहित्य