आमा सृष्टि हुन्


टीका सिवाकोटी आचार्य
इनरुवा सुनसरी

“जाडो निकै बढेको छ!” सिउ सिउ गर्दै दैलो नजिकैको अँगेनामा आगो ताप्दै बाहिर भित्र गर्दै गरेकी आमालाई हेरेर भरतले भन्यो।
“हो जाडो बढेको छ !” अगेनामा दाउरा राख्दै आमाले भनिन्।
बाहिर आगँनमा कुखुराको माउँले आफ्ना चल्लाहरूलाई माटो खोस्रेर खान सिकाउँदै थिई भने चल्लाहरु पनि रमाइ रमाइ खाँदै आमाको मातृवात्सल्य पाएर दंग थिए।
अचानक माउँले आफ्ना चल्लाहरूलाई कुँ कुँ गर्दै अगेना भएको छेउकुनामा लिएर आई र पखेटाले छोपेर बसी।
केही समय पछि अचानक अध्यारो हुँदै पानी पर्ने थाल्यो।
अघि देखि यो सब हेरिरहेको भरतले अचम्म मान्दै अगेनामा खोया हाल्दै गरेकी आमालाई भन्यो । “आमा हेर्नुस त
यो कुखुराको माउँलाई पानी पर्नु अगाडि नै पानी पर्छ भन्ने कुरा कसरी थाहा पाई है अचम्मै!”
आफ्ना चल्लाहरूलाई सुरक्षा गर्दै मातृत्व सहित पखेटा भित्र छोपेर राखेकी कुखुराको माउँतिर हेर्दै मुसुक्क मुस्कुराउँदै आमाले छोरालाई भनिन् _” बाबु त्यसैले त आमा सृष्टि हुन्!”