अस्तित्व


चम्पा दिवस राई
दक्षिण सुखिम

छेवैमा उभिएर ढकमक्क फुलेका गदवारीलाई हेर्दै पारिजातले भन्यो — “फूलहरुको रानी हूँ म ! म यति चोखो र सुन्दर छु कि मानिसहरु मलाई भगवान्को मन्दिरमा चडाउछन् ।”
गोदवरीले निर्धक्कसँग भन्यो –” तिमीहरू त नाथे भमराको एउटै स्पर्श पनि सहन गर्न नसकेर राता -रात भुईमा मुर्झाएर झर्छौ । हामीलाई पनि त मानिसहरुले आफ्नो बैठक कोठा र बार्दलीमा यत्न सँग सजाएर राख्छन् । यसैमा हाम्रो अस्तित्व रहेको छ । हामीले मानव जातिको मन जितेका छौँ। आजसम्म नदेखिएको भगवान्को सामु चडाईनुमा कसैको अस्तित्व रहला र ?” गोदवारीको कुरा सुनेर पारिजात लाजले पानी -पानी भयो अनि मन-मनै सम्झयो — “साच्चै हाम्रो अस्तित्व ता एकै रातको निम्ति मात्रै रहेछ ।”