इन्द्रेणी


सुनिता निरौला पौडेल
राधे राधे , भक्तपुर

ऋतु अलि भिन्न स्वभावकी थिइन् । हरेक कुराहरूलाई उनी गहिरो सोचेर मात्रै जवाफ दिने गर्थिन् । उनले स्कूलबाट फर्किएपछि आमासँग प्रश्न फ्याँकिन्।
“आमा सबैभन्दा राम्रो रङ्ग कुन हो ?” आठ वर्षकी ऋतुले भनिन्।
“छोरी, तिमीलाई कुन रङ्ग मनपर्छ त ?” मुस्कुराउँदै आमाले भन्नुभयो।
“आमा मलाई त निलो रङ्ग मनपर्छ , तर आज स्कूलमा शिक्षिकाले रातो रङ्ग राम्रो हुन्छ भन्नुभयो।” आमाको प्रश्नले थोरै सोचेर जवाफ दिइन्।
“रङ्गहरू जस्तै हाम्रा रुचि पनि फरक हुन्छन् छोरी।  कुनै पनि रङ्ग नराम्रो हुँदैन। जसरी धेरै रङ्गहरू मिलेर इन्द्रेणी बन्छ । त्यस्तै हामी सबैको विभिन्न सोचले समाज रङ्गीन बनाउँछ ।” शान्त स्वरले आमाले भन्नुभयो।
उहाँको कुरा सुनेर ऋतु केही बेरसम्म चुप रहिन् अनि फेरि मुस्कुराउँदै भनिन् ; “आमा , म आँफूलाई इन्द्रेणी रङ्ग बनाउन चाहन्छु ।