दिनेश खत्री
कलकल गर्ने ती खाेला छङछङ गर्ने तिनै छहरा सधैं लुकमारी गर्ने तिनै पाखाँ पखेरा मेराे दिनचर्या प्रायः दैनिकी नै थियोे । हरियाली जङ्गल तिनै जङ्गलमा घाँस दाउरा तिनै जङ्गलमा गाेरु बाख्रा लिएर जाँदाकाे पल कहाँ सजिलै भुल्न सकिदाे रैछ र याे मन त हाे जति धन सम्पत्ति भए पनि जस्तै बस्ने राज महल भए पनि आखिर हुर्केको र खाई खेलि गरि आएकाे ठाउँ तेही धुलाे माटाे जस्तै फाेहाेर भएपनि बिहान उठ्ने बित्तिकै दिशा गर्न पाखाँ भिता दैडिएकाे पल खै म कसरी भुल्नु।
बिहानै सात बजे खाना खाएर तीन घण्टाकाे बाटाे हिँडेर स्कुल जादा र भाेकले पेट बटारिदा बटारिद हिड्दाकाे पल बिहान जाँदा त ठिकै बेलुका फर्कदा भने कठिन करिब पाँच वर्ष बितेकाे क्षण भुलिहाल्न भने सकिन ।
केही मेरा साथी डा. त एक जना मात्र भए। काेही सेना पुलिस काेही शिक्षक र विदेश पनि गएछन न अहिले सम्पर्क छ। कहिलेकाही यसाे याद आउँदा एक दुई जनासँग कुरा हुँदा ती पलहरुकाे सम्झनामा सिमित गरिन्छ, गरेर साध्य पनि नहुने रैछ ।
उमेर पुगे पछि संसार आफ्नै किसिमकाे हुँदाे रैछ बिहेवारि घर ,समाज यस्तै यस्तैमा जीवन फगत तरिकाले बित्दाे रैछ।
सबैभन्दा सुख नै त्यही धुलाे ,बन , जङ्गल गर्दा हुँदाे रैछ आखिर ट्वाईलेट , प्यासेज जति सुकै चिल्ला मार्वल ,टायल भए पनि खुसि भने नदिने रैछ जति गुन्द्रुक र ढिँढाेमा खुसि मिल्छ त्यति मार्सि चामालमा नमिल्ने रैछ । जति सुकै कङ्क्रिटकाे अलिसान महल भन्दा गाउँकाे त्यै झुपडीमा आनन्द र खुसि हुने रैछ ।