खुसी

प्रतिज्ञा प्रतिज्ञा
मेहेलकुना सुर्खेत

“कहाँ गएकI नानी?” छोरीलाई देखेपछि आत्तिदै सोधिन।
“जुनुसँग खेल्न गएकी थिएँ। उसको आमाले त मिठो दर पकाउँदै हुनुहुन्छ । अनि नाचेर रमाइलो पनि गर्ने रे ! हामीले पनि यस्तै गर्ने है आमा!” सानी छोरी कल्पना गर्दै भनी।
सरलालाई छाक पुर्याउन धौधौ परिरहेको बेला कसरी छोरीको सपनाहरू पुरा गर्न सक्थिन र ? मन अमिलो बनाउँदै भनिन्। “नानी हाम्रो घरमा त्यति धेरै खुसी कहाँ छ र?”
आमाको कुरा सुनेपछि आफ्नो झुपडी हेर्दै भनी।
“खुसी हुनलाई ठूलो घर हुनुपर्छ हो।”