
सोम कुमार सुब्बा
लिङ्गदोक,पूर्व सिक्किम
“माल कसको हो?”
“मन्त्रीको छोराको।”
“गिरोहमा को को छ ?” प्रहरीले पुनः खेरे।
ऊ बोलेन, भुइँ कोट्याइ बस्यो।
उसलाई लागु पदार्थसँगै पक्रेको थियो, तर ऊ स्वयमले सेवन गरेको पुष्टि भएन।
प्रहरीले धेरैपल्ट सोधे, उसले मुख खोलेन। अन्त्यमा प्रहरीले लाठी उज्याउँदै पुनः सोधे –
“को को छ, भन।”
ऊ रत्तिभर पनि डराएन, न त लाठी छल्ने नै कोशिस गर्यो। प्रहरी अकमक्क परे, उसले गम्भीर हुँदै प्रस्टायो “गिरोहमा मेरो बेकारी र गरिबी छ।”





