“घडी”

देवी त्रिपाठी
पोखरा

आजसम्म अंक अक्षर सबै पढियो
कत्ति बज्यो बताइदिने मेरै घडी हो।

लाउन मन लागेको थ्यो जातिबिद्दी हे
मलाई घडी किन्दिनुभो कान्छी दिदिले
बिहानको छ बजे त आलाराम लाग्छ
घडी बज्न थालेपछी मेरो निद भाग्छ।

आजसम्म अंक अक्षर सबै पढियो
कत्ति बज्यो बताइदिने मेरै घडी हो।

घडी हेरि खाना खान्छु लुगा लगाउँछु
बस चड्छु स्कुल जान्छु पढ्छु पढाँछु
स्कुलमा घन्टी बज्छ यहि घडी हेरि
कत्तीबेला खाजा खाउँ झैं हुन्छ हाम्लाई फेरि।

आजसम्म अंक अक्षर सबै पढियो
कत्ति बज्यो बताइदिने मेरै घडी हो।

घरमा आउँछु खाजा खान्छु गृहकार्य गर्छु
खाना खाने अनि सुत्ने घडिकै भर पर्छु
बिगार्दिन मेरो घडी गर्दछु जतन
हेर साथी कत्ती बज्यो तिमी पनि भन।

आजसम्म अंक अक्षर सबै पढियो
कत्ति बज्यो बताइदिने मेरै घडी हो।