
मधुसूदनप्रसाद घिमिरे
गाउँकाे जीवन खेती पाति गाई भैँसी बाख्राकाे हेर चाहमा रमिते बाजेले गुजारा चलाए। उनी चाेखाे निताे खुब गर्थे। अरुलाई पनि उनी भन्थे “मिहिनेतीले भात जति पनि पाउला तर जात भनेकाे रहरले पाइने हैन । हामी ब्राम्हणले चाेखाे नीताे गर्नै पर्छ।”
उनले छाेरालाई पढाइ लेखाइ याेग्य बनाए। छाेराले मिहिनेत गर्यो। नेपाल सरकारकाे अधिकृत पनि भयाे। छाेराे शहर पसेकाे केह वर्ष पछि ऊ गाउमा गयाे। उसले आफ्ना बा आमालाई भन्याे “- तपाईँहरुले धेरै दुःख गर्नु भाे। अब बुढ्याैली पनि लाग्याे। याे गाउँमा अब दुःख नगर्नाेस् । हामी सबै काठ्माडाैं जाउँ। मैले उहाँ एउटा सानाे घर बनाइ सकेँ उतै बसाैँ । यता बस्तुभाउ पाल्न दिउँ। जमिन अधियामा लगाउँ। समय समयमा आएर म हेर विचार गर्छु। हजुरहरुले दुखेसो गरि रहनु पर्दैन।
घर सलरलाह मिल्याे। रमिते बाजे सहित सपरिवार शहर आए। बुहारीले मान मनिताे गरि खान लाउन दिदै रहे।रमितेकी पत्नी बुढी पनि खुशी नै थिइन्।
एक दिन उनले बुहारीले काम गरेकाे हेरि रहिन। ग्यास चुलाेमा भात पकाए टेवलमा बसेर खाए। भाँडा अरुकाे हिले लगेर सफा गरि ल्याए। अनि बुढीले भनिन् ” बुहारी ! तिमीले चुल्हाे पाेतेकाे पनि दिखिन। खाएकाे ठाँउमा गाईकाे गाेबरले लाेटाएकाे पनि देखिन। कति वेला काम छिन्याै ?”
बुहारीले जवाफ दिइ” यहाँ गाईकाेे गाेबर नै पाइदैन। अनि टेवल पुस्ने मात्र हाे लाेटाउनु पर्दैन। ग्यास चुल्हाे पुस्ने हाे पाेतिरहनु पर्दैन।
यो कुरा सुनेर बुढीले अमिलाे अनुहार लगाइन्। फरक्क फर्केर गइन। बेलुका रमिते बुढालाई भनिन्। “यहाँ त चाेखाे नीताे हुँदाेरहेन छ बुढा हामी हाम्रै गाउँ जाऊँ। यहाँ नबसाैँ। हामी गाउँलेलाई गाउँ उतै रमाइलाे।”





