जनै

मधुसूदनप्रसाद धिमिरे

बिचरा बाउ बिहान चारै बजे उठे। जनैपुर्णिमाकाे दिन जनै धारिहरुले बिहानै नुहाउनु पर्छ। त्याे नुहाउने पनि पद्धति छ। गाईकाे गाेबर, खरानी, तुलसी मठ्काे माटाे यी तीनै चिजले नुहाउनु पर्छ। देब्रे हातले दाहिने हातमा क्रमश तीन भाग लगाइ पुस्तक पढ्दै माथिल्लाे भागले टाउकादेखि घाँटीसम्म बिचका भागले घाँटीदेखि कट्टि सम्म र तल्लाे भागले पैतालासम्म जाेर्नी जाेर्नीमा लगाउँदै पटक्कै पिच्छे नुहाउँदै पुस्तकको बिधान अनुसार नुहाइ सकेर ऋषिगणहरुलाई जाै तिल कुश सहित पानीले तर्पण गर्नु पर्छ।
ती काम सके पछि सन्ध्या तर्पण गरि रुद्रि पढनु पर्छ। हरेक अध्याय , आबृत्तिमा रक्षाबन्धन डाेराे जनैमा रुद्रि गर्दै रहँदा पानी छर्कदै रुद्रि पाठ सकिए पछि मात्र नूतन जनै लगाइ पुरानाे जनै त्यागी दिनु पर्छ। याे दिनलाई बाहुन जात्रा नै भन्ने चलन पनि छ।
बिचरा बाउले यी सवै कर्म गरे। छाेरालाई नुहाउने समयदेखि बाेलाइ रहे। छाेराले जबाफ दिइ रह्याे । म एक छिन पछि नुहाउँछु।
कर्म सकिए पछि बाउले छाेरालाई नविन जनै लगाउन बाेलाए। छाेरा त बिछ्याैनामा बसेर मुख नधाेइ चिया सुर्क्याउदै रहेछ।