
गंगा खड्का
बूढानीलकण्ठ ,काठमाडौँ
“नानी छोरीलाई धेरै पढायौ । छात्रवृत्तिमा अमेरिका पनि जान लागिन्। तर तिमी एउटा कुरामा चाहिँ असाध्यै चुकिछ्यौ।”
प्रेमबहादुरले केही दिन अगाडि गाउँबाट आएदेखि भोगेको अनुभवको आधारमा अनुहार बिगार्दै कमलालाई भने।
“त्यस्तो के भएछ र बुबा? हामीले त छोरीले राम्रोसँग पढिरहेकै छे भनेर अरु कुरामा त ख्यालै गरेनौँ ।” कमलाले बडो गम्भीर भावमा जिज्ञासा राखी।
प्रेमबहादुरले कमलालाई आश्वस्त बनाउँदै भने ” हेर छोरी , मान्छेको पहिचान उसको नाम , पद, प्रतिष्ठा र सम्पत्तिले भन्दा पनि असल चालचलन र संस्कारले हुन्छ। तिमीले यति धेरै पढेकी छोरीलाई असल संस्कार सिकाउन
सक्यौ भने त्यो जस्तो अमूल्य सम्पत्ति अरु केही हुँदैन।”





