जन्मजात प्रतिभा

192

विष्णु भण्डारी आचार्य
बेलबारी माेरङ

अभिभावकदिवसमा बालप्रतिभालाई पुरस्कार वितरण कार्यक्रम पनि राखिएकाे थियाे ।
“हुने विरुवाकाे चिल्लाे पात अरुका छाेराले कत्राे प्रगति गरेकाछन्,आज त्याे ध्रुवेकाे छाेराे भविन नगर स्तरिय चित्रकला प्रतियाेगितामा प्रथम भएछ ,हर्षले दङ्ग परेकाेछ ध्रुवे ।


हाम्राे भने जति स्याहारे पनि उस्ताकाे उस्तै । न पढाइमा भनेजस्ताे पढेर कुनै पाेजिसन नै ल्याउन सक्या छ ।”
कार्यक्रममा गएर फर्किएपछि माेहनले सात कक्षा पढ्दै गरेकाे छाेरा प्रलेसपट्टि फर्केर धिक्कार्दै भने ।
प्रलेस भने घाेसेमुन्टाे लाएर अर्कैतिर फर्कियाे ।
“बाबा,तपाईं यता आउनु त,म तपाइँलाई एउटा कुरा भन्छु,प्रलेसकी बहिनी सुदिक्षाले चञ्चले बाेली निकाली ।
“ए,त्याे चित्र त हाम्राे दादाले बनाएर भविनलाई दिएकाे हाे । बाबाले कराउनुहुन्छ भनेर कतै नदेखाउनुभकाे हाे ।
दाइले याे भन्दा राम्राे चित्र कति बनाएर लुकाएर राख्नुभाकाे पाे छ ।”
पढेर ठूलाे जागिरे हुनुपर्छ यस्ता चित्रसित्र बनाएर समय बर्वाद पार्छस भन्दै आफैँले कतिचाेटि छाेराले बनाउँदै गरेकाे चित्र खाेसि च्यातेर फाल्देकाे सम्झेर झसङ्ग भए माेहन।