“झरी”

गंगा खडका
बूढानीलकण्ठ ,काठमाडौँ

निरन्तरको झरी
छलौँ कसो गरी
गुँडमा छैन चारो
हुने भयो गाह्रो

पट्याङपुटुङ असिना
पर्दै गेडा मसिना
गुँडमा पनि पसेर
मुसलधारो खसेर

भुर्र उडी जानलाई
अन्न दाना खानलाई
नसकेपछि दु: ख भो
कतिन्जेल यस्तो हुने हो?

चिर्र गर्दै बचेरा
मुख पाउँछ खानलाई
हरे कस्तो आपत
सक्दिनँ कहीँ जानलाई

गुँडबाटै हेरेर
लामो सास फेरेर
निराशाले च्याप्छ झन्
दु: खी हुन्छ मन

चरीको यो मर्मलाई
बुझी आफ्नो धर्मलाई
खुले हुन्थ्यो अब दिन
घाम लाग्दै एकैछिन ।