
बिन्दु पौड्याल वस्ती
ठूली भाउजू उठेर
ढिकीमा धान कुटेर
बनाउनुहुन्छ जाउलो
खान पाउदा रमाइलो
घान हालिन् ओखलमा
घनौटोले धकेल्दै
मुसल अल्लि हल्लियो
धान कुट्न ढिलो भो
नाङ्लोले चामल निफन्दै
बिॅया छुट्याउन केलाउॅदै
धानको बोक्रा उक्कियो
सेतो चामल देखियो
पिॅढीको छेउमा जॅातो
काठले बनेको हातो
ढालीको मकै समाइन्
सानी भाउजू रमाइन्
भित्र सानो मानी
घुम्दै जातो रानी
हातोलाई समाउॅदै
मकै धान झराउॅदै
जातो घुमाइन् फन्फनी
पिठो झर्छ फर्फरी
नाङ्लोले त्यसलाई छिन्केर
पिठो च्याख्ला छुट्याइॅ
मकै हुन्छ पिठो
खान हुन्छ ढिडो
रोटी, ढिडो खाएर
हिॅड्नु छ तगडा भएर।





