भोलानाथ सुवेदी
पल्लो घरमा भाले काटे वल्लो घरमा खसी
म मोरो चाहिँ हेर्ने गर्छु चौतारीमा बसी ।
हाड पायो कुकुरले पित्त थैली कागले
हाम्रो भने दर टर्ला रायोको सागले ॥
तल्लो घरका भिनाजु नि दर खान आए
झोला पनि ठूलो थियो हैन केके ल्याए ।
खुट्टामा पाउजू थियो हातमा सुनको बाला
कसकी दिदी ल्याउँछु होला मैले आघौँ साल ॥
महादेव जस्तो पति पाउँ भनी व्रत बस्ने
जाँड खाई घर आउँदा किन दारा किट्ने ।
महँगो हुँदै गयो भन्छन् नम्बरी सुन
दुईचार किलो भेट्टाए धनी हुन्थ्यो ज्यान ॥
आमा नाच्दा मन्दिरमा दिदी डिस्को जाने
भोकै बसी व्रत हुन्न भनी के के खाने ।
रोगको निहुँ गरिगरि खान्छन् थरिथरि
यिनको यस्तो चालादेखि हाँसे मरिमरि ॥