
विनोदप्रसाद ढकाल
इनरुवा , सुनसरी
पर्वत गाउँमा दाजु राम र उनकी बहिनी पुर्णिमा सँगै हुर्किए। रामको स्वभाव निकै राम्रो थियो। उसलाई नयाँ कुरा सिक्न मन लाग्थ्यो र पढाइमा धेरै मेहनत गर्थ्यो। एकदिन रामले पुर्णिमालाई भने, “पुर्णिमा, म डाक्टर बन्ने सपना देखेको छु। गाउँका मानिसको सेवा गर्न चाहन्छु। तिमी पनि पढाइमा ध्यान देऊ, हामी दुबै सफल हुन सक्छौँ।” पुर्णिमाले उत्साहित हुँदै जवाफ दिइन्, “दाजु, म पनि तपाईँलाई सहयोग गर्छु। म पनि ठूलो डाक्टर बन्न चाहन्छु, खासगरी महिलाहरूको रोग निको पार्ने।” रामले कडा मेहनत गर्यो र डाक्टरी पढाइ पूरा गर्यो। गाउँ फर्केर सबैको उपचार गर्न थाल्यो। त्यसपछि पुर्णिमाले पनि सरकारी स्कालरसिप पाएर मेडिकल पढ्न थाली। केही वर्षपछि पुर्णिमा विशेषज्ञ डाक्टर बनिन्। एकदिन गाउँको चौतारीमा दुबै बसेर कुरा गर्दै थिए। रामले भने, “पुर्णिमा, तिमीले पनि ठूलो सफलता हासिल गर्यौ। अब हाम्रो गाउँका सबैलाई राम्रो स्वास्थ्य सेवा दिन सक्छौँ।” पुर्णिमाले मुस्कुराउँदै भनिन्, “हो दाजु, हाम्रो मेहनतले गाउँमा ठूलो परिवर्तन ल्याउनेछ। हामीले सकेसम्म धेरैलाई सहयोग गरौँ।” त्यसपछि गाउँका गरिब आमा बाबुहरू पनि दाजु-बहिनीको सफलताले अत्यन्तै खुशी भए। उनीहरूको कथा गाउँभरि प्रेरणाको स्रोत बन्यो। यसरी दाजु-बहिनीको लगनशीलता र एकआपसको सहयोगले गाउँमा स्वास्थ्य सेवा सुधारियो र सबैको जीवन उज्यालो भयो।





