देखाउने दाँत


राजन कार्की (पाजु)
धरान १३ सुनसरी।

“लहै सानेका वा, खाना पस्केर खानु है;म चै कार्यक्रम मा गयं, कार्यक्रम सकेपछि उतै वाट अस्पताल निस्कन्छु!” यति भन्दै फुलमति निस्कीईन।
फुलमतिलाई टोलमा सबैले महिला अधिकारकर्मी को रुपमा चिन्छन्। ‘महिला माथिको भेदभाव बिरुद्ध समाजको भुमिका ” विषयमा आज राखियको कार्यक्रममा भागलिन फुलमतिलाई पनि निमन्त्रणा गरिएको थियो।
सहभागीहरूले कार्यक्रम स्थल खचाखचथियो, फुलमतिको प्रवेसलाई सबैले तालिको गडगडाहट ले स्वागत गरे।
उद्घोषकले कार्यक्रम सुरू गरे। मन्चमा आसिन फुलमतीलाई यसै सन्दर्भमा मन्तव्यको लागि आग्रह गरियो। रोष्टममा उभियर चस्मा मिलाउँदै उनले मन्तव्य राखिन्- “आधा आकाश ढाकिएका महिलामाथि आजपनि समाजमा भेदभावको क्रम रोकिएको छैन। सबै क्षेत्रमा छोरीहरु अपहेलित भएका छन्, छोरी भनेपछि गर्भैमा निमोठिइन्छ ; महिलाहरु प्रत्यक समाजमा घरघरमा प्रताडित् छन्,यसका बिरुद्ध हामी सबैले आ आफ्नो स्थानबाट उठ्न जरूरी छ। यस्ताखाले भेदभाव, प्रत्येक घरघरबाट हामी आफैँले हटाउन सक्नुपर्छ। अनि मात्र यो भेदभाव क्रमश हट्दै जानेछ।”
मन्चमा तालीको गडगडाहट सुनियो। कार्यक्रमका अध्यक्षले सबैको मन्तव्यको सह्राना गर्दै कार्यक्रम समापन गरे। सबै आ आफ्नो बाटो लागे।
फुलमति अस्पताल तिर लागिन्।
अस्पताल पुग्नासाथ छोरो सानेले खुशी हुँदै भन्यो,”आमा ! बुहारिको आँङ हलुंग भो ,नातीनी जन्मिइन् !”फुलमतीले ओठ लेप्र्याईन!!