शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा
“आमा मैले हेरिरहेकी छु रेखा भाउजु आएदेखि मलाई हजुरले भुल्न थाल्नु भएको छ”? चम्पाले भनिन्।
“यस्तो तिमीले किन भनेको छोरी, माने ऊ मेरो बुहारी हो तर जस्तो तिमी हौं उस्तै मेरो लागि रेखा पनि। जब तिम्रो बिवाह हुन्छ,तिम्रो श्रीमानलाई पनि छोरा मनोजलाई जत्तिकै माया दिनेछु तब उसले पनि यस्तै बोल्ने होला? छोरी म सासू जस्तो बन्न सक्दिन।
जसले हरेक दिन,हरेक काममा अब्जस सिवाय केही दिदैनन्। जस्तो मेरो लागि तिमी त्यस्तै बुहारी। कसैले मानुस्-नमानुस्,गरून्-नगरून् तर मैले नयाँ कार्यको शुरुवात अवश्य गर्नेछु।” आमाले भनिन्।