
सत्यजीत
ललितपुर
“विद्यालयमा बिहानको सभा चलिरहेको थियो। सबै विद्यार्थीहरू अनुशासनमा उभिएका थिए।
प्रध्यानाध्यापक एक्कासि चिच्याए –
सबैको नजर प्रतिमातिर गयो। उनी शालीन मुद्रामा उभिएकी थिइन् – सेतो कुर्ता र निलो सलवारमा।” प्रधानाध्यापक पुनः गर्जिए, “हाम्रो नियम अपमान गर्ने छुट कसैलाई छैन!”
“प्रतिमाले ढुक्क भएर भनिन्, “म शालीन वस्त्रमा छु। पोशाकको नाममा जबरजस्ती नगर्नुहोस्। यो अनुशासन होइन, नियन्त्रण हो।”
शिक्षकहरू एक-अर्कातिर हेरे। विद्यार्थीहरू गम्भीर भए।
एकजना महिला शिक्षिका अघि बढिन्, “हामीले पनि त्यही भोगेका थियौँ, प्रतिमा। तर बोलेनौँ। तिमी बोल्यौ – गर्व लाग्यो।”
प्रधानाध्यापक मौन भए। सभा अचानक भङ्ग भयो। विद्यार्थीहरू शीतल मुहारमा मुस्कुराउँदै छुट्टिए।
प्रतिमा एक्लै कक्षाकोठातिर लागिन्।
मनमनै सोचीन् – “कहिल्यै प्रश्न नगरेर होइन, नियमहरूलाई जब सवाल गरिन्छ, त्यतिखेर विद्यालयको अनुहार बदलिन थाल्छन्।”





