
बिन्दु पौड्याल वस्ती
भरतपुर महानगरपालिकामा -२, चितवन
टिनटिन घन्टी बज्यो । हसाङफसाङ गर्दै विद्यार्थीहरू कलेजको प्राङ्गणभित्र पसे। कलेजको मूल गेटमै विद्यार्थीहरूको सिट प्लान टाँसिएको थियो । कतिपय विद्यार्थीहरू आफ्नो प्रवेशपत्र हेर्दै कक्षा कोठातर्फ लाग्दै थिए।
निरीक्षकहरू तोकिएका परीक्षा कक्षातर्फ गइरहेका थिए। कुन कुन विद्यालयका विद्यार्थीहरू परेछन् त भन्दै नियाल्दै थिए। कोठा नम्बर १०७ मा सुयोग सर निरीक्षक थिए। प्रश्नपत्र बाँडिसक्दा पनि केही बेन्चहरू खाली नै देखिए। उनलाई आफ्नो कक्षा कोठामा मात्रै हो कि अरूकक्षामा पनि विद्यार्थीको उपस्थिति यस्तै छ भन्ने जिज्ञासा जाग्यो र पुलुक्क दायाँ बायाँका कक्षाहरू हेरे तर आफ्नो जस्तो पाएनन्।
केही समयपछि विद्यार्थी नेता सुदर्शनसँगै केही विद्यार्थीहरू हुल बाँधेर कक्षा कोठाभित्र प्रवेश गरे।
सुदर्शनले निरीक्षक सरलाई सङ्केत गर्दै ख्याल गर्नु नि । अन्यथा भोलि तपाईँको ….। उसले यति भन्यो र सरासर अघि बढ्यो।
निरीक्षकले उनीहरूलाई प्रश्नपत्र र उत्तर पुस्तिका दिँदै गर्दा ‘किन ढिलो आएका त ‘ भनी के प्रश्न सोधेका थिए।
उनीहरूले उत्तर दिए- “सर ! अहिले त जसरी नि पास हुनुपर्छ । त्यसैले त नेता दाइसँगै आएका नि।”





