“पसेँ भित्र भित्र”


डा छायादत्त न्यौपाने

किताबसँग खेल्ने मन
किताब मेरो साथी
कापी कलम किताबहरू
झाेला मेरै साथी

स्कुलमा दाजु दिदी
आहा कति जाती
सबै सँगै खेल्ने बानी
मन मिल्ने साथी

खेल्ने चउर पढ्ने काेठा
पुस्तकघर छ नि
सहजकर्ता गुरुहरू
ज्ञानशाला पनि

पढ्ने लेख्ने खेल्ने खाने
खाजाघर यहीँ छ
विज्ञानको प्रयाेगशाला
सिप सिकाउँछ

पानाभरि अक्षरहरू
राम्रा राम्रा चित्र
खेल्दै पढ्दै रमाउँदै
पसेँ किताब भित्र

सुन्दर मेरो स्कुल छ
सिर्जना गराउँछ
चाहिने दिन्छ ज्ञानगुन
जीवन सजाउँछ।