
निमा छिरिङ भोटिया
जलढाका कालेबुङ
भारत
“कति राम्री हेर सानो पुतली।”
“अनि तिमी पनि उस्तै राम्री छौ नि।”भन्दै लीलाले बहिनीलाई भनिन् ।
“दिदी ___!
तर म भन्दा त यो पुतली नै राम्री छ नि । यसको रंगीबिरंगी पखेटा छ । आँखा सानो सानो कति सुन्दर छ । फेरि यो त फूल फूलमा कति मज्जाले नाचिरहेको छ । यो जस्तै त म हुनु सक्दिनँ नि दिदी __!”
“अपुइ लीला तिमी त कति ज्ञानी र बाठी कुरा गरेकी। तिमी उ जस्तै सुन्दरी त छौ नि __! तर उ जस्तै फूल फूलमा त नाच्नु सक्दैनौ। उसको जस्तै रंगीचंगी पखेटाहरू नभएता पनि तिमीले लगाएको जामा हेर त कति सुन्दर छ । उ जस्तै अहिले तिमी पनि त फूलबारीमा घुम्न आइरहेकी छौ। यो पुतली जस्तै त हो नि ___!” भनेर भनिन् ।
आफ्नो दिदीको कुराहरू सुनेर उ मज्जा मानिरहेकी थिइन्। यसैमा उनले सोधिन् ___”होइन नि दिदी ___! हामी पनि यो पुतली जस्तै यसरी फूल फूल नाच्दै घुम्न सक्ने हुनु भनेको नि ___!”
बहिनीको यस्तै कुरालाई उनले बिस्तारै उत्तर दिइन् ___”उसको त सा-सानो पखेटा भएको हुनाले उ उड्न सकेको हो नि फेरि तिम्रो र हाम्रो त पखेटा छैन। यसैले हामी उ जस्तै उड्न सक्दैनौँ।”
“तर पनि भनेको मात्र नि दिदी। तर पनि कति मज्जाले नाचिरहेकी नि ___! हामी पनि यस्तै पुतली जस्तै हुनु पाउँनु भनेको नि।” भनेर उनले भनिन्।
अहिले दुबै दिदी बहिनी खुशी छन्।





