
सुरेशकुमार पाण्डे
दाङ घोराही १८
“किन च्यातेको पुस्तक ?”- रवि आफ्नो छोराको च्यातियको पुस्तिका तर्फ अर्जुनको ध्यान आकार्षण गराउँदै सोधे। “बाबा यो पुरानो क्लासको किताब हो।”-अर्जुनले यत्तिमात्र भन्दै आफ्नो काममा लाग्यो। ” कुनै जमानामा हामीले पुराना किताब किनेर आफुले पढेर फेरी त्यो अर्को पटक बिक्री गर्थ्यौँ। सिल्पाटी काठको फल्लेको हुन्थ्यो । खरी बनमा खोज्थ्यौँ र पैसा जोगाइन्थ्यौँ।”- रविले पुरानो अवस्थाको जानकारी गराए। ” बाबा त्यो वेलाको कुरा छुट्टै हो। ती सबै पुराना कुरा हुन । अहिले त सबैजसो चिज बजारमै पाइन्छन्।”-अर्जुनले पनि अहिलेको अवस्थाको बारेमा भन्यो। ” तर अर्जुन छोरा ! पुराना दिनबाट नयाँ दिनसम्म आइपुग्दा धेरै खुड्किलाहरू पारगर्नु पर्दछ। तर पनि ती पुराना दिनहरूलाई भर्याङ्गको क्रमसै पहिलो पाएदान र दोस्रो, तेस्रो गरी सम्झिने हो । सबै पायदानको उत्तिकै महत्व हुन्छन्। इतिहाश जीवित नै रहिरहन्छ।”- रविले अर्जुनलाई सम्झाउँने प्रयास गरे। ” बाबा हजुर पनि..! एउटा सामन्या पुस्तिकाको बिषयलाई लिएर इतिहास कोट्याउँन पुग्नुभयो। मलाई थाहा छ साहित्यकार यस्तै हुन्छन्।”-अर्जुनले व्याङ्ग्यात्मक शैलीमा भन्यो। ” पुस्तक सामन्या हुँदैन नी छोरा ! नत पुस्तक कहिल्यै पुरानो हुन्छ। यो पुस्तकको पछिसम्म उत्तिकै महत्व हुन्छ ।”-रविले गणितको पुस्तिकावाट गणितीय चिन्हहरू देखाउँदै भने।





