
शिव पुन
नबाेलाई आफैँ आयाे , फेरि पनि पुस
अरु काे त न थाहा , छैन म त खुश।
प्रकृतिकाे बिरुद्धमा , बाेल्या मैले छैन
काल आयु छेक्न सक्ने , भगवान् म हैन।
आगाे ताप्नु कि चाराे टिप्नु ,एकै पल्ट कता
आगाे बरु अर्को पल्ट , चाराे तिर मता ।
एक जाेर नाना मेराे , धुनु कि लाउ
बजार भरि जुत्ता चप्पल , खाली मेरा पाउ।
कहाँ सक्नु सिरक कम्बल , कहाँ पाउँ हिटर
बल्ल तल्ल छाक टर्छ , कहाँ दूध लिटर।
आफ्नै हाल यस्तै भए , कस्लाई दिनु दाेष
अब देखि साेच्नु पर्ला , जानी बुझि हाेश।
यहि कुरा साेच्दा साेच्दै , उम्र भयाे धेरै
बाच्दा सम्म भाग दौड , उम्र घट्यो मेरै।
घर देखि पर जानू , खानु चिसो हावा
दिन भरि मजदुरी , बल्ल तात्याे तावा।





