फाेटाे

सरिता पराजुली
चन्द्रागिरि-१५,काठमाडाैं

“पाेले पनि घामै जाति पिटे पनि आमै जाति “भनेझैँ एकदिन प्रियाले आफ्नी ममीले लुगाहरू झाेलामा राख्दै गरेकाे देख्छे र साेध्छे-“फेरि आज कहाँ जाने ममी ?”याे सुनेर ममीले भन्छिन्-“म केही दिनका लागि बाहिर जाँदैछु । तिमी बाबासँग बस है । म ८-१० दिनमा आइहाल्छु।” प्रियालाई याे कुराले असैह्य पीडा हुन्छ र भन्छे- “नाई, म पनि जान्छुसँगै ।” तिम्राे पढाइ चलिराखेकाे छ म पछि लैजान्छु नि। बाबासँग राम्राेसँग बस । वास्तवमा ममी मामाघर जाँदै थिइन्। केटाकेटीका लागि मामाघर पनि उत्तिकै प्याराे हुन्छ । ममी गएकाे धेरैबेरसम्म पनि एक्लै काेठामा बसेर ऊ राेई रहेकी थिई।
राति सुत्नेबेलामा दराजबाट ममीकाे फाेटाे झिकेर सिरानीभित्र लुकाई र सुति। भाेलिपल्ट ओछ्यान मिलाउँने क्रममा हजुर आमाले चिरा चिरा भएर फुटेकाे फाेटाे देख्न पुग्छिन्। याे देखेर उनी झस्किन्छिन् र नातिनीलाई बाेलाएर साेध्छिन्- “तिमीले ममीकाे फाेटाे सिरानी मुनि राखेकाे हाे?” उसले भनी-“हाे।”किन यस्ताे गर्याै त भनेर साेध्दा उसकाे जवाफ थियाे-“ममीकाे याद आएर।” सिसा त फुटेछ नि भन्दा उसले भनी-“सिसा पाे फुटेकाे ममीकाे फाेटाे त फुटेकाे छैन नि।” याे सुनेर हजुर आमा अवाक् भइन् ।