बाको जुत्ता

Portrait in the studio of a two year old boy.


रमेशचन्द्र घिमिरे
मध्यनेपाल नगरपालिका-६
भोर्लेटार, लमजुङ

भयो फुत्त फुत्त
हाम्रा बाको जुत्ता

मैलाई हेर्या हेर्यै
‘आँ’ गरेको गर्यै
मन मानेन अनि
जे-जे होओस् भनी
घुसारेर खुट्टा
लाएँ बाको जुत्ता

कागजका डल्ला
टुप्पैेसम्म कोचेँ
ठिक्क मिल्छ होला
भनी मनले सोचेँ
तै नि भएँ हुत्त
लाउँदा बाको जुत्ता

पैसा माग्छु हजार
जान्छु अनि बजार
जुत्ता खोज्दै हिँड्छु
ठिक्क मिल्ने किन्छु
गइहाल्छु झट्ट
लाउन्नँ बाको जुत्ता।