प्यासको रहस्य


लक्ष्मी रिजाल

“पानी ! मलाई पानी दिनुस् !” विशालको मुख सुकिसकेको थियो । ऊ सुनसान मरुभूमिमा हराएको यात्रु झैँ भासिँदै थियो।
आमा छेउमै थिइन् । उनले मुस्कुराउँदै भनिन्, “यो तिम्रो शरीरको सङ्केत हो, छोरा । जब शरीरमा पानी कम हुन्छ, मस्तिष्कले ‘प्यास केन्द्र’ सक्रिय पार्छ।”
विशालले झस्किए भन्यो, “के म निर्जलीकरणको सिकार हुँदैछु ?”
आमाले धारोबाट पानी लिँदै भनिन्, “हो, जब शरीरमा १% मात्र पानी घट्छ, तिर्खा लाग्छ । ५% घट्यो भने कमजोरी महसुस हुन्छ । अनि १०% पुग्दा… जीवन नै सङ्कटमा पर्छ ।”
विशालले चुस्की लगायो । शीतल पानी नशानशामा बग्यो ।
उसले गहिरो सास फेर्यो र भन्यो, “शरीरको सबैभन्दा ठूलो धन पानी ! यसलाई बचाउनु नै जीवन बचाउनु हो ।”